तनहुँ । तनहुँका स्थानीय तहले आफ्नै लगानीमा कोरना परीक्षणका लागी पीसीआर मेसिन खरीद गर्ने भएको छ ।
बिहिबार म्याग्दे गाउँपालिकामा बसेको स्थानिय तहका प्रमुखहरुको वैठकले उक्त निर्णय गरेको हो । तनहुँका १० वटा स्थानीय तहहरुले सयुक्त रुपमा पीसीआर मेसिन खरीद गर्ने निर्णय गरेका हुन् ।
उक्त पीसीआर मेसिन जिपि काेईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा राखिने समेत निर्णय गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
पिसिआर प्रयोगशालाका लागि आवश्यक जनशक्ति स्वास्थ्य निर्देशनालय गण्डकीसंग माग गर्ने निर्णय गरिएको छ ।
पीसीआर मेसिन खरिद सहित पूर्वाधार निर्माणका लागि एक करोड खर्च हुनु अनुमान गरिएको छ । उक्त खर्च तनहुँका स्थानीय तहले प्रतिशतका आधारका बेहोर्ने निर्णय गरिएको छ ।
जसमा शुक्लागण्डकी नगरपालिकाले १४ प्रतिशत, व्यास नगरपालिकाले १२ प्रतिशत, भानु नगरपालिकाले १२ प्रतिशत, भिमाद नगरपालिकाले १२ प्रतिशत आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाले ९ प्रतिशत र देवघाट गाउँपालिकाले ५ प्रतिशत रकम बेर्होने निर्णय भएको छ ।
पीसीआर मेसिन खरिद गर्न र आवश्यक पूर्वाधार निर्माणका लागि शुक्लागण्डकी नगरपालिकालाई जिम्मा दिइएको छ ।
म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाको अध्यक्षतमा भएको सो बैठकमा भानु र भिमाद बाहेकका स्थानीय तहका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
बैठकमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना, बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङ र देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापाको उपस्थिती रहेको थियो ।
त्यस्तै बैठकमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र प्रमुख जिल्ला अ धिकारी बद्रीनाथ अधिकारीको समेत उपस्थिती रहेको थियो ।


सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह