काठमाण्डौ – कुवेतमा आममाफीमा सहभागी भएका तीन सय जना महिला काठमाण्डौमा आइपुगेका छन् । कुवेतले आफ्नै जहाज जजिरा एअरलाइन्समार्फत त्यहाँ आममाफीमा सहभागी नेपालीलाई नेपाल ल्याइदिएको हो ।
बिहीबार कोरोनाको कारण लकडाउन भएपछि पहिलो पटक कुवेतबाट नेपालीहरु घर स्वदेश फर्किएका हुन् । पहिलो उडानमार्फत १५० र दोस्रो उडानबाट १५० जना गरी जम्मा तीन सय आममाफीमा सहभागी महिलालाई स्वदेश पठाइएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो ।
कुवेतले गएको अप्रिल महिनाभरी नै यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो । नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिने छ ।
कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको थियो । खाद्यान्न सहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ । आममाफीमा सहभागी र केही घरफिर्ती केन्द्रमा रहेका २९९१ जनाको सूची दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।
नेपालले अनुमति दिएको भए कुवेतले आममाफीमा सहभागी नेपालीलाई ल्याइदिन यसअघि पनि तयार थियो । यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।
घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ ।
तर अहिले फर्कने कतिपय गर्भवतीहरु पनि छन् । होल्डिङ सेन्टरको स्वास्थ्य यूनिटले तत्कालै यात्रा गर्न नसक्ने भन्ने यकिन गरेमा उनीहरुलाई काठमाण्डौकै आपतकालीन क्वरेण्टीनमा राखिने छ । आपतकालीन अवस्थाका लागि भनेर सरकारले काठमाण्डौमा पनि क्वरेण्टीनको व्यवस्था गरेको छ ।
तर त्यसका लागि यात्रा गर्न नसक्ने कुरा स्वास्थ्य यूनिटले प्रमाणित गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सम्बन्धित पालिकामा पनि विदेशबाट घर फर्कनेले १४ दिन क्वरेण्टीनमा बस्न पर्नेछ । त्यसपछि मात्रै आफ्नो घर जान पाइनेछ । कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई ल्याउनका लागि अर्को उडान असार २ गते, ५ गते, ७ गते र १० गते हुने तय भएको छ ।
यसअघि अवैधानिक भएका नेपालीलाई घर पठाउँदा फेरि फर्कन नपाइने नियम हुन्थ्यो । तर अहिले कुवेतले नै आह्वान गरेको आममाफीमा सहभागी भएर फर्कने नेपाली फेरि कामका लागि कुवेत जान पाउनेछन् ।
यसअघि यूएईबाट १६८ र म्यानमारबाट पनि नेपाली स्वदेश फर्किसकेका छन् ।
यस्तो छ, खाडीका देश र मलेसियाको अन्य उडान तालिका :
असार २ गते, ३ गते, ६ गते र ८ गते कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका तय भएको छ ।
यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान हुनेछ भने मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान हुनेछ ।
साउदीमा समस्यामा परेका नेपालीलाई ल्याउन असार १ गते, ४ गते, ५ गते र १० गते उडान हुनेछ ।
ओमानमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो उडान असार १ गते हुने भएको छ । त्यसपछि अर्को उडान असार ४ गते, ७ गते हुनेछ भने बहराइनमा समस्यामा परेका नेपालीलाई असार ३ गते स्वदेश ल्याइने भएको छ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष