असार १ गते अर्थात सोमबारदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल (स्कुटर र मोपेडसहित)मा जोरबिजोर प्रणाली लागू हुने भएको छ । यसअघि मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता रहेपछि गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको हो ।
तर, कास्कीमा भने शनिबारबाटै कार्यान्वयनमा आइसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारीले शुक्रबार सम्झाई बुझाई गरिएको र शनिबारदेखि कार्यान्वयन गरिएको बताए । शनिबार पाँच दर्जन चालक कारबाहीमा परेका थिए । आइतबार पनि जारी रह्यो ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय भएको जानकारी दिए । यसअघि मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा एक जना मात्रै सवार हुनुपर्ने निर्णय गरेपनि जोरबिजोर लागू हुने या नहुने स्पष्ट गरेको थिएन ।
जसका कारण सर्वसाधारणमा अलमल रहेको थियो । यस्तै कार्यान्वयन गर्ने निकाय पनि अलमलमा रहेको थियो ।गत बुधबारको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको थियो ।
यद्यपि, मोटरसाइकलमा चालक अर्थात् एकजना मात्रै बस्न पाइने जानकारी सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
सरकारको निर्णयअनुसार चारपांग्रे निजी सवारीसाधनको हकमा चालकसहित थप दुई जना र मोटरसाइकलमा एक जना चालकमात्रै यात्रा गर्न पाउनेछन् । गृहको सर्कुलरअनुसार उपत्यकाको तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरलाई एक जिल्ला मानी जोर विजोर प्रणाली लागू गरिएको छ । यसबाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान भने निषेध गरिएको छ ।
जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने छ ।
सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन