किशोर अवस्था मै गहिरो प्रेम सम्बन्धमा बाँधिएका थिए जाजरकोटको भेरी नगरपालिका, मोटेला टोलकी सुनिता सुनार र वारी रुकुम पश्चिमको चौरजाहरी नगरपालिका–१, लामिछाने गाउँका टीकाराम विकको जोडी । उनीहरुले सरकारी कामकाजमा भने थर नेपाली लेखाउने गरेका छन् ।
सुनिता पनि बाबुआमाकी एकमात्र छोरी, यता टिकाराम पनि एकमात्र छोरा थिए । ४ वर्षअघि १४ वर्षकै उमेर सुनिताको सिउँदो रङ्गियो, जतिबेला टीकाराम १६ वर्षका थिए । दुवैले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।
छोराले प्रेम विवाह गरि बुहारी भित्र्याउँदा शेभे विक (नेपाली) र उनकी श्रीमती गीता कम खुशी थिएनन् । धुमधाम रमाइलो गरेर बुहारी भित्र्याए । बिहेको दुई वर्षमै सुनिता र टीकाराम दम्पत्तीले छोरी जन्माए ।
अहिले घरपरिवारमा छाएको यो खुशीयाली हालै भताभुङ्ग भएको छ । जेठ १० गते राति चौरजाहरी–८, सोती गाउँको घटनामा टीकारामको मृत्यु भयो । टीकारामको शव जेठ ११ गते भेरी नदीमा फेला परेको थियो । बाबु शोभबहादुर भन्छन्, ‘छोराको शव के हेरिसक्नु थियो र ? घरेलु हतियारले हानेर टाउकोमा चिरैचिरा थियो ।’
उक्त घटनाले सुनिताको सिउँदोमात्र उजाडिएन, दुई वर्षकी अवोध बालिकाले पिताको महत्त्व बुझ्न नपाउँदै टुहुरो हुनुप-यो । बुढेसकालमा सहारा बन्ला भन्ने आशा गरेको एकमात्र छोरालाई शेभे र गीता दम्पत्तिले गुमाए ।
यतिमात्र होइन, घर खर्च चलाउन पनि त्यो परिवार टीकाराममै निर्भर थियो । ११ कक्षा पास गरेका टिकारामले मोबाइल मर्मतको काम थालेका थिए । घर खर्चका अतिरिक्त बहिनी सुमित्राको पढाइ खर्च, ऋण लगायतको दायित्व पनि टिकारामकै काँधमा सरेको थियो ।
शुरुमा भेरीमा डुबेर टीकारामको मृत्यु भएकोमा सुनितालाई पटक्कै विश्वास थिएन । ‘नदी बढेको बेलामा त पुलबाटै हाम्फालेर पौडी खेल्ने उहाँ, त्यसरात भेरीमा बेपत्ता भएको भनेर हल्ला चल्यो मलाई भने कति बेला टुप्लुक्क आउनुहुन्छ जस्तो लागेको थियो ।’ घटनाको छानविनबाट वास्तविकता बाहिर आउने र दोषीले सजाय पाउने टीकारामको परिवारको विश्वास छ ।
प्रेम सुनार, रातोपाटी
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष