काठमाडौं । नेपालमा शनिवार सलह किरा प्रवेश गरेको छ । त्यो प्रवेश गरेसँगै सरकारले त्यसमा विभिन्न अध्ययन अनुसन्धान शुरु गरेको छ । सलह किरालाई व्यवसायिक रुप दिन पनि सरकारले तयारी गरिरहेको छ ।
सलह किरा मारेर ल्याउनेलाई सरकारले रकम दिने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले बताए । प्रदेश ५ मा सलह किरा मारेर ल्याउनेलाई किलोको २० रुपियाँ दिने त्यहाँको सरकारले घोषणा नै गरेको छ, केन्द्रबाट पनि यस्तो घोषणा गर्ने हो कि भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
भारत, पाकिस्तान लगायतका देशमा पनि त्यहाँका सरकारले सलह किरा सर्वसधारणबाट खरिद गर्ने गरेको छ । अब मन्त्रालयले पनि त्यसको बारेमा सोच्ने हो कि भन्ने छलफल भइरहेको छ ।
उनले भने– ‘२० रुपियाँ मात्र होइन, किलोको एकसय दुई सय दिने हो भने त्यसलाई मार्न किसान तथा सर्वसधारणले अझै सक्रिय हुने हो कि जस्तो लागेको छ । त्यतातिर पनि छलफल भइरहेको छ ।’
सलह किरा दानाका लागि एकदमै पौष्टिक तत्व मानिन्छ । नेपालमा त्यसको खपत कति हुन्छ त्यो बेग्लै कुरा हो तर विदेशतिर यसलाई दानाको रुपमा मात्र होइन मानिसले पनि खाने गरेको बताउँदै पर्सामा हिजो मात्रै सलह किरा मारेर खाएको रिपोर्ट मन्त्रालयलाई प्राप्त भएको उनले बताए । मानिसका लागि पनि यसबाट पौष्टिक तत्व प्राप्त हुने बताइन्छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र विषादी विज्ञ महेश आचार्यले सलह किरा मान्छेले पनि खान सक्ने र यसमा राँगा–खसीको मासुमा भन्दा बढी पौष्टिक तत्व पाइने बताए ।
यसलाई कतिपय देशमा व्यवसायिक रुपमा पनि प्रयोगमा ल्याइएको उनले बताए । तर नेपालमा थोरै मात्रामा आएको हुनाले यसलाई समात्न त्यति सम्भव नदेखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सलह किरा आफै विस्तारै हराएर जानेछ । अझ् भारतबाट आएन भने नेपालमा यो आफैं हराउने मन्त्रालयको निश्कर्ष छ । यसको आयु चारदेखि पाँच हप्ताको हुन्छ । यसले राम्रो वासस्थान पाएन भने यो आफैं मर्छ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष