काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिँडेको भन्दै नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् ।
पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा देउवालाई बोलाइएको थियो । कार्यक्रममा साढे २ मिनेट सम्बोधन गरेका देउवाले नेताहरुलाई थार्काएका छन् ।
‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज पनि छैन, बोल्दा ढंग पनि छैन’ भन्दै सम्बोधन सुरु गरेका उनले महामारीका बेला भाषणबाजीको कार्यक्रम नराख्न आग्रह गरे । खतरा रोग आएको भन्दै उनले भने, ‘कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ । ठुलो गाउँमा सानो कार्यक्रम गरे हुन्छ, अहिले सबैले कार्यक्रम गर्न छाडिसकेका छन् । हामीले मात्रै गर्नुपर्ने ? बढ्ता जान्ने भइहाल्नुपर्ने ? विद्यार्थीलाई जम्मा पारेर भाषण गरिहनल्नु पर्ने ?’
नैनसिंह महर नेतृत्वको कार्यसमितिले अधिवेशन गर्न नसकेपछि देउवाले रुचाएका राजीव ढुंगानालाई सभापति बनाइएको छ भने भागबन्डाका आधारमा उपसभापति, महामन्त्री चयन गरिएको छ भने केन्द्रीय समितिले पूर्णता पाएको छैन ।
कार्यक्रममा पूर्वमहामन्त्री मनोजमणि आचार्यले नेविसंघलाई पार्टी नेतृत्वले भुत्ते बनाएको तथा संगठनलाई पूर्णता नदिएको बताएका थिए, तर देउवाले उल्टै थर्काएका छन् ।
नेविसंघ, तरुण दल सबैले पूर्णता पाउने बताए । केही समस्या रहेको भन्दै उनले भने, ‘विद्यार्थीहरु मिलेको भए समस्या नै हुने थिएन नि । आफैं झगडा गर्यागर्यै छन् ।’
एक समय नेविसंघको सभापति भएर आएको आफू चारपटक प्रधानमन्त्री भएको भन्दै उनले भने, ‘तपाईंहरु कोही हुनसक्नुहुन्छ भोलि यस्तै हिसाबले ? लाज पनि छैन ।’
उनले पहिले नेविसंघलाई बलियो बनाउन र स्कुल कलेजमा जित्न आग्रह गरे । ‘जहाँ पनि हार्याहार्यैं छन् । लाज पनि छैन,’ देउवाले नेविसंघका नेताहरुलाई भनेका छन् ।
उनले नेवि संघ स्कुलहरुमा कहाँ छ भनेर प्रश्नसमेत गरे । यसअघिका सभापतिहरुलाई पनि स्कुलमा नेविसंघ बनाउनुस् भन्दा नसुनेको भन्दै उनले भने, ‘काठमाडौं आएर बढ्ता भाषण गरेर केही हुनेवाला छैन, गाउँमा जाऊ गाउँमा ।’
उनले अघि भने, ‘गाउँमा जाऊ, स्कुलमा नेविसंघ बनाएर देखाऊ । केही नगर्ने, अनि मसँग कुरा गर्ने ?’
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते