काठमाडौंका २८ सहित थप २०४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार १६८ पुग्यो

काठमाडौंका २८ सहित थप २०४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार १६८ पुग्यो

Corona update 1

काठमाडौं । नेपालका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २०४ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।

मंगलबार काठमाडौंमा १४, ललितपुर १० र भक्तपुर ४ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म उपत्यकाभित्र ठेगाना राख्ने संक्रमितको संख्या २ सय ६७ रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंका १ सय ७५, ललितपुरका ४१ र भक्तपुरका ४३ जना संक्रमित रहेका छन् ।

रोग नियन्त्रण महाशाखा प्रमुख डा.वासुदेव पाण्डेका अनुसार काठमाडौंको कपन महाराजगञ्ज, नैकाप, बुढानिलकण्ट र चन्द्रागिरी लगायतका क्षेत्रमा संक्रमित भेटिएका छन् । यस्तै भक्तपुरको सल्लाघारी, चाँगुनाराण र ललितपुरको चापागाउँ, धोविघाँट, भैसेपाटी र ठेचो लगायतका ठाउँमा संक्रमित भेटिएका छन् ।

विदेशबाट आउने र देशभित्र विभिन्न क्षेत्रबाट आउनेहरुका कारण संक्रमण बढेको उनले बताए । मंगलबार देशभर २ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । प्रदेश नम्बर २ का महोत्तरी र रौतहट, प्रदेश नम्बर ५ को पाल्पा र सुदूरपश्चिम प्रदेशको अछाम कैलाली र बाजुरामा ५ सय भन्दा बढी संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । नेपालका ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमितको संख्या शून्य रहेको छ ।

सरकारले स्वास्थ्यकर्मी लगायत जोखिममा परेको समुदायका ४५ हजारको पीसीआर परीक्षणको तयारी समेत गरेको जनाएको छ । पीपीआर विधिबाट मंगलबार ६ हजार १ सय ३३ वटा परीक्षण भएका छन् । आजसम्म कूल २ लाख ६१ हजार ८ सय ६१ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । २५ हजार ७ सय २७ जना क्वारेन्टिनमा रहेका छन् । देशभरका विभिन्न अस्पतालमा ८ हजार ६ सय ३४ जना संक्रमित उपचाररत रहेका छन् । मंगलबार ६ सय ८८ गरी आजसम्म ७ हजार ४ सय ९९ जना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो समय संक्रमणको दर घटेको र निको भएर घर फर्किनेको संख्या बढेको छ ।

सरकारले सबै अस्पताल र प्रयोगशालाहरुलाई गर्भवती महिला र सुत्केरी महिलाहरुको पीसीआर परीक्षणलाई प्राथमिकता दिन आग्रह गरेको छ । उनीहरुको स्वाव संकलन गरी प्रयोगशालामा पठाउँदा र प्रयोगशालाले परीक्षण गरी संकलन भएको ठाउँमा पठाउँदा स्वाव राखिएको भाँडोमा रातो फित्ता वा डोरीमा राखेर पठाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ