wकाठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा शैलेश थापा क्षत्री नियुक्त भएका छन् । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा नियुक्त गरेको हो ।
बरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले आईजीपीमा बढुवा गरेको हो । क्षत्रीलाई आईजीपी बनउने निर्णय भएको ऊर्जामन्त्री वर्षमान पुनले बताए । थापाले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् ।
प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार थापाको बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
हाल थापा मानवस्रोत एवम् प्रशासन विभागका प्रमुखका रुपमा कार्यरत थिए । ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलतालगायतका आधारमा थापालाई आईजीपीमा नियुक्त भएका हुन् ।
थापासँगै एआईजी हरि पाल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे थापाले २२ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।
निवर्तमान आईजीपी ठाकुर ज्ञवालीले असार २४ गतेबाट ३० वर्षे सेवा अवधीका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।
ज्ञवालीसहित एक एआईजी तारिणी प्रसाद लम्साल र उनका ब्याचका डीआईजी सुर्य उपाध्यायले पनि सेवाहदका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष