काठमाडौं । समाजवादी पार्टीले कारवाही गरेकी सरिता गिरीले पार्टीको सो कदमविरुद्ध अदालत जाने प्रतिकृया दिएकी छिन् ।
पार्टीले आज गरेको निर्णय वैधानिक नरहेको भन्दै सांसद गिरीले त्यसको विरुद्धमा आफू भोलि नै अदालत जाने बताइन् । आफू अदालत जाने तयारी गरिरहेको र भोलि नै सर्वोच्च अदालतमा रिट दायर गर्ने उनले बताइन् ।
आफूलाई कारवाही गरेको विषय संघीय कानुन विपरित र संसदीय दलको विधानको धारा २६ विपरित रहेको पनि उनले दावी गरिन् ।
कुनै पनि सांसदलाई कारवाही गर्न संसदबाट निर्णय हुनुपर्ने दाबी गर्दै उनले संसदले सिफारिश गरेको आधारमा पार्टीको केन्द्रीय समितिले मात्र कारवाही गर्न सक्ने प्रष्ट पारिन् ।
‘राजपा नेपालसँग एकीकरण गरेर जनता समाजवादी पार्टी बनिसकेको छ । केन्द्रीय समिति भंग भइसकेको छ । अन्य सबै गतिविधिहरु जनता समाजवादी पार्टीको तर्फबाट गरिएको छ तर मेरो बारेमा निर्णय गर्नका लागि मात्र समाजवादी पार्टीलाई क्रियाशील गरिएको छ’ उनले भनिन् ।
निर्वाचन आयोगमा पनि समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भइसकेको लिखित जानकारी गराइएको र दुवै पार्टीको केन्द्रीय समिति पनि भंग भएको भनिएको बताउँदै उनले कुन समाजवादी पार्टीले आफूलाई कारवाही गरेको भन्दै प्रश्न समेत गरिन् ।
समाजवादी पार्टीको आज बसेको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निस्काशित गरेको छ ।
नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ ।
नयाँ नक्साअनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो । सो विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् ।
सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत र प्रमाण नखुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग उनले गरेकी थिइन् ।
सो प्रस्ताव दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो । आलोचना भएपछि सांसद गिरीलाई समाजवादी पार्टी संसदीय दलबाट सो विधेयक फिर्ता लिनका लागि निर्देशन दिएको थियो ।
फिर्ता नलिए कारवाही गर्न बाध्य हुने कुरा पनि सोही पत्रमा उल्लेख थियो । तर गिरीले सो विधेयक फिर्ता लिन नमानेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो ।
स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआएको भन्दै उनलाई कारवाही गरेको छ ।
सम्बन्धित खबर
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा