नेपालमा थप २५५ जना कोरोना संक्रमित थपिए, २५३ जना निको भएर घर फर्किए

नेपालमा थप २५५ जना कोरोना संक्रमित थपिए, २५३ जना निको भएर घर फर्किए

Corona Update1

काठमाडौं । बुधबार नेपालमा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

बुधबार ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

नेपालमा हाल ८ हजार ६ सय ३६ जना कोरोना संक्रमित उपचारका लागि आइसोलेसनमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds