काठमाडौंका ५ सहित थप १०८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार ५३१

काठमाडौंका ५ सहित थप १०८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार ५३१

Corona update 1

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसका काठमाडौंका ५ जना समेत रहेका छन् ।

योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ५३१ पुगेको गौतमले बताए । यसैगरी बितेको २४ घण्टामा थप १३९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

यससँगै कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ हजार ८९१ जना पुगेको छ ।

२५ प्रयोगशालाबाट बितेको २४ घण्टामा थप ४ हजार ५८८ जनाको सीसीआर विधिबाट नमुना परीक्षण भएको छ । क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने आइसोलेसनमा ८ हजार ६०५ रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ