फेरी बढ्यो पेट्रोल-डिजेलको मूल्य, १० दिनअघि मात्रै बढाइएको थियो मूल्य

फेरी बढ्यो पेट्रोल-डिजेलको मूल्य, १० दिनअघि मात्रै बढाइएको थियो मूल्य

petrol

पोखरा । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो ।

सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ ।

अब पेट्रोलको मूलय लिटरको १०२ रुपैयाँ पुगेको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ ।

हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ