तनहुँमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि शिक्षक नियुक्ति: शिक्षकमाथि अख्तियारको मुद्दा

तनहुँमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि शिक्षक नियुक्ति: शिक्षकमाथि अख्तियारको मुद्दा

CIAA

तनहुँ । तनहुँका शिक्षक पुष्पा गुरुङमाथि अखितयारले मुद्धा दायर गरेको छ ।

श्री जय नेपाल आधारभूत विद्यालय प्रा.वि. धरमपानीका शिक्षक गुरुङको शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली भएको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

उनले विहार विद्यालय परीक्षा समिति, पटनाबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली एवं झुठ्ठा शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी शिक्षक पदमा नियुक्ति भई हालसम्म कार्यरत रही सरकारी लाभ लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा पुष्टि भएको थियो ।

गुरुङलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds