वीरगञ्जको गण्डक अस्पतालमा ८५ वर्षिया कोरोना संक्रमित वृद्धाको मृत्यु

वीरगञ्जको गण्डक अस्पतालमा ८५ वर्षिया कोरोना संक्रमित वृद्धाको मृत्यु

Gandak Hospital Birganj

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।

डा. सिंहका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ