मंगलबार रातिदेखि देशका विभिन्न ठाउँमा अति भारी वर्षा भएको छ ।
विभागको बाढी सूचना केन्द्रका अनुसार मंगलबार राति कैलालीको टीकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा ‘अति भारी’ वर्षा भएको छ ।
त्यस क्षेत्रमा थप वर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायत साना नदीमा आकस्मिक बाढीको खतरा रहेकाले सतर्क रहन एसएमएस पठाइएको छ ।
यस्तै दैलेख, सुर्खेत तथा आसपासका क्षेत्रमा राति ६ घण्टासम्म भारी वर्षा भएको छ । लोहोरे खोला तल्लोढुङ्गेश्वर, दैलेख बाढी मापन केन्द्र दैलेखमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले त्यसआसपासका तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ ।
अहिले पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सुदुरपश्चिम प्रदेशमा मेघगर्जन र चट्टयाङसहित वर्षा गराउने बादल विकसित भैरहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
विहान ५ बजेको रेकर्ड अनुसार सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डडेल्धुरा, डोटी, अछाम र प्रदेश २ का महोत्तरी, धनुषा र सप्तरी जिल्लाहरुमा मेघ गर्जन र चट्टयाङसहित मध्यम देखि भारी वर्षा भएको छ ।
आज दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
राती देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
फेवातालमा बेपत्ता युवकको शव फेला