कोरोना संक्रमण बढ्दै गएपछि सरकारले ६० वर्ष उमेरमाथिका र १२ वर्षमुनिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरि कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबाट जोगिन यस्तो आग्रह गरेको हो।
कोरोनाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६० वर्ष उमेरमाथिका अधिकांश व्यक्तिमा मधुमेह, उच्च रक्तचाप जस्ता समस्या हुने र यस्तो अवस्थामा कोरोना संक्रमण भयो भने ज्यानैसमेत जाने जोखिम भएकाले घरबाहिर निस्कन नहुने बताए। ‘ज्यानको माया लाग्छ भने घरबाहिर निस्कनु भएन,’ उनले ६० वर्ष उमेरमाथिकालाई लक्षित गर्दै भने।
त्यसैगरी प्रवक्ता गौतमले १२ वर्ष उमेरमुनिका बालबालिकाले सामाजिक दूरी कायम गर्न नसक्ने र माक्स लगाउन पनि लापरवाही गर्ने भएकाले कोरोना संक्रमणबाट जोगिन घरबाहिर निस्कन नहुने बताए।
स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबाट जोगिन विशेषगरी ६० वर्ष उमेरमाथिका व्यक्ति र १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको हो।
मन्त्रालयले लकडाउन खोलेपछिको अवधिमा कोरोना संक्रमण ०.८ प्रतिशतले वृद्धि भएको र मृत्यु संख्या पनि बढ्दै गएको तथ्यांक प्रस्तुत गरेको छ।
कोरोना संक्रमणबाट बढी प्रभावित जिल्लाहरु धनुषा र पर्सामा आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहसहितको उच्चस्तरीय टोली पठाइसकिएको र अन्य जिल्लामा पनि टोली पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
सम्बन्धित खबर
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पत्नीको कुटपिटबाट ३० वर्षीय युवकको मृत्यु
मासु खाँदा हड्डी अड्किएर एक वृद्धको मृत्यु
सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल
आजको मौसम पूर्वानुमान
तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ