‘ट्राभल हिस्ट्री’ नभएका कोरोना संक्रमित वृद्धको मृत्यु

‘ट्राभल हिस्ट्री’ नभएका कोरोना संक्रमित वृद्धको मृत्यु

corona death

विराटनगर – विराटनगरमा आज (सोमबार) एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर–५ का ७७ वर्षीय एक वृद्धको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार ती वृद्ध आज बिहान १० बजे कोशी अस्पतालमा उपचारका लागि गएका थिए ।

मधुमेह र उच्च रक्तचाप भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि कोशी अस्पताल आएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख बस्नेतले बताए ।

स्वाब लिएर कोशीको आइसोलेसनमा उपचाररत उनको आज दिउँसो सवा ३ बजे मृत्यु भएको थियो । कोरोना रिपोर्ट आउनुअघि नै उनको मृत्यु भएको प्रमुख बस्नेतले बताए ।

उनको ट्राभल हिस्ट्री नभएको बताइएको छ । मृतकको शव परिवारलाई बुझाउने तयारी भइरहेको बताइएको छ । मोरङमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि सुनवर्षीमा १ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ