क्वारेन्टिनमा गार्ड बसेका युवाले शरीरमा मट्टीतेल खन्याएर आगो लगाए

क्वारेन्टिनमा गार्ड बसेका युवाले शरीरमा मट्टीतेल खन्याएर आगो लगाए

fire

देवदह- रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आफैमाथि आगो लगाएका छन्।

रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन्।

आत्महत्या प्रयास गरेका युवाको अवस्था गम्भीर रहेको र उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

शरीरको धेरै भाग जलेको र उनी बोल्न सक्ने अवस्थामा नरहेकोले सोधपुछ गर्न नसकिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ