आइतबारदेखि काठमाडौं उपत्यका ‘सटडाउन’ गरिँदै

आइतबारदेखि काठमाडौं उपत्यका ‘सटडाउन’ गरिँदै

ktm-2

काठमाडौँ– उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ ।मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् । तर तत्काल लकडाउन भने नहुने उनको भनाइ छ ।

शुक्रबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो ।

आइतबारदेखि दुई साता अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू दुई साता बन्द हुने भएका छन् ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि उक्त निर्णय भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ