धनुषामा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि

धनुषामा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि

corona death

धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर-५ निवासी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति मृत्यु भएको थियो ।

विदामा घर गएको बखत बिरामी भएका उनलाई एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको थियो ।

योसँगै कोरोना संक्रमणका कारण धनुषामा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि शहीद नगरपालिका-८ का ३६ बर्षीय पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ