अख्तियार प्रमुख आयुक्त घिमिरेलाई पनि कोरोना संक्रमण

अख्तियार प्रमुख आयुक्त घिमिरेलाई पनि कोरोना संक्रमण

nabin ghimire

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ। स्रोतका घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो।

केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो।

सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको हो ।

त्यो दिनदेखि उनी कार्यालय आएका छैनन्। स्रोतका अनुसार उनी घरै आइसोलेसनमा बसेका छन्। अहिलेसम्म अख्तियारमा घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना संक्रमण भएको छ। उनीहरूमध्ये अहिलेसम्म कोही पनि अस्पताल भर्ना भएका छैनन्।

अख्तियारका अरू ३ सय ५० जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ। उनीहरूको रिपोर्ट अझै आउन बाँकी छ।

उनी हालसम्म संक्रमण देखिएका मुलुकका उच्च अधिकारी हुन् । अख्तियारका भान्से तथा केहि प्रहरीमा केहि दिन अघि कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds