-याप जनरामा एउटा गीत नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी युट्युबमा अपलोड भएको छ । आपत्तिजनक शब्दहरुले भरिएको सो गीत सार्वजनिक भए लगत्तै निकै आलोचना भएको छ । दुई दिनमै ७२ हजारले डिस्लाइक गरिसकेका छन् ।
यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । ‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । गीतका शब्दहरु यहाँ उल्लेख गर्न लायक पनि छैनन् । म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समावेश गरिएको छ ।
गाइएको गीतको लिरिक्स ¥यापरका रुपमा मंगोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ । युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ ।
मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।
राप्रपा सांसद राजेन्द्र लिङदेनले ट्विटरमा लेखेका छन्, ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’
एक जना पक्राउ
गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । उनलाई महानगरिय अपराध महाशाखा, काठमाण्डौको टोलीले पक्राउ गरेको हो ।
’यो राष्ट्र हितविरुद्धको गम्भीर अपराध हो। झण्डा जलाइएको यो प्रकरणमा अनुसन्धान तीव्रता दिएका छौं’, महाशाखाका प्रहरी प्रवक्ता प्रहरी एसपी ईश्वर कार्कीले भनेका छन् । मुलुकी अपराध (संहिता) ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ।
सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन