काठमाण्डौ – आज र भोलि देशभर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
अहिले प्रदेश १, कर्णाली प्रदेश र वागमती प्रदेशको केही ठाउँ बाहेक अन्यत्र आंशिक देखि सामान्य बादल लागेर केही ठाउँमा पानी परेको र दिउँसोपख देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
भोलि बेलुकीबाट भने मनसुन पुनः सक्रिय भएर देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यका घमाइलो भएको छ । बिहानै मौसम खुल्ला हुँदा गर्मी पनि बढेको छ ।
बादल हटेर आकास खुल्ला हुँदा काठमाण्डौ आसपासका डाँडापाखा रमाइला देखिएका छन् । दिउँसोसम्म काठमाण्डौको मौसम खुल्ने र त्यसपछि बादल लाग्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । बेलुकीबाट भने हल्कादेखी मध्यय खालको पानी समेत पर्ने उहाँले बताउनुभयो ।
आगामी २४ घण्टामा प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्ययम खालको पानी पर्ने सम्भावना रहेकोले ती ठाउँहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने लगायतका सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष