तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा शुक्रबार साँझ गुडिरहेको ट्रकमा आगलागी भएको छ ।
आबुँखैरेनी गाउँपालिका वडा नं. ३ मिलनचोकमा गुडिरहेको आईचर ट्रकमा आगलागी हुँदा ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
डेरा सर्दाको सामान बोकेर बागलुङ्गबाट चितवनतर्फ जादै गरेको ग १ ख ७०९६ नम्बरको आईचर शुक्रबार राती ८ : २० बजेको समयमा अचानक आगलागी हुँदा गाडी पूर्ण रुपले जलेर नष्ट भएको हो ।
आगलागीबाट मानविय क्षती नभएको ईलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ ।
ट्रकसहित एउटा मोटरसाईकल, घर सर्दाको समानहरु जलेको र २ वटा सिलिण्डर ग्यास पड्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
प्युठान घर भएका चालकसहित गाडीमा १ बालक, १ वृद्ध र २ जना ट्रकका सहयोगी सवार रहेका थिए ।
अचानक ट्रकमा आगलागि भएपछि ट्रक रोकेर सबै जना हाम फालेर ज्यान जोगाउन सफल भएको ईलाका प्रहरी कार्यालय आबुँखैरेनीका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिए ।
जेसिबीको सहायताले इलाका प्रहरी कार्यालय आँबुखैरेनी, काली भन्जन गण मार्कीचोक र ३ नं. जगदल गण ढकालटारका नेपाली सेना, आँबुखैरेनीबासीको सक्रियतामा ट्रकमा लागेको आगो निभाइएको प्रहरीले जनाएको छ ।
तस्बिर : बादल थकाली
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला