तनहुँको आबुँखैरेनीमा गुडिरहेको ट्रकमा आगलागी: चालकसहित ५ जना हाम फालेर जोगिए

तनहुँको आबुँखैरेनीमा गुडिरहेको ट्रकमा आगलागी: चालकसहित ५ जना हाम फालेर जोगिए

IMG_20200905_082055

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा शुक्रबार साँझ गुडिरहेको ट्रकमा आगलागी भएको छ ।

आबुँखैरेनी गाउँपालिका वडा नं. ३ मिलनचोकमा गुडिरहेको आईचर ट्रकमा आगलागी हुँदा ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

डेरा सर्दाको सामान बोकेर बागलुङ्गबाट चितवनतर्फ जादै गरेको ग १ ख ७०९६ नम्बरको आईचर शुक्रबार राती ८ : २० बजेको समयमा अचानक आगलागी हुँदा गाडी पूर्ण रुपले जलेर नष्ट भएको हो ।

आगलागीबाट मानविय क्षती नभएको ईलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ ।

ट्रकसहित एउटा मोटरसाईकल, घर सर्दाको समानहरु जलेको र २ वटा सिलिण्डर ग्यास पड्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

प्युठान घर भएका चालकसहित गाडीमा १ बालक, १ वृद्ध र २ जना ट्रकका सहयोगी सवार रहेका थिए ।

अचानक ट्रकमा आगलागि भएपछि ट्रक रोकेर सबै जना हाम फालेर ज्यान जोगाउन सफल भएको ईलाका प्रहरी कार्यालय आबुँखैरेनीका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिए ।

जेसिबीको सहायताले इलाका प्रहरी कार्यालय आँबुखैरेनी, काली भन्जन गण मार्कीचोक र ३ नं. जगदल गण ढकालटारका नेपाली सेना, आँबुखैरेनीबासीको सक्रियतामा ट्रकमा लागेको आगो निभाइएको प्रहरीले जनाएको छ ।

तस्बिर : बादल थकाली

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds