विहीबार राति सवा १ बजेको समय । धादिङमा लकडाउनको बेला । जिल्ला प्रहरी कार्यालय, धादिङको गेटमा मध्यरातमा एक युवक झोला बोकेर आए । सेन्ट्रीमा खटिएका प्रहरीकहाँ पुगे र भने ‘मान्छे मारेर आएको हुँ ।’ प्रहरी झसंग भए ।
सुरुमा त उनले युवकको दाबीमा विश्वास गरेनन् । तर, उनले बोकेको झोलामा रगत लतपतिएको देखेपछि ति प्रहरीले इन्स्पेक्टर सरोज राईलाई रिपोर्ट गरे । राई आएपछि ति युवकले झोला खोलेर टाउको निकालेर देखाइदिए ।
धादिङको निलकण्ठ नगरपालिका–१३ (साविक साँकोष गा.वि.स.वडा नं.५ )खलचेतका २६ वर्षीय राजु परियार मजदुर हुन् । उनी निर्माणको काम गर्छन् । मिस्त्रीको काम गर्ने उनी बिहीबार साँझ डिल बहादुर गुरुङको घरमा घेवाको निम्तो मानी घर फर्कँदै थिए । बाटोमा भोर्लेका सोमबहादुर गुरुङ रक्सी पिएर बसेको भेटे । राजुले सोमबहादुरलाइ यति राति कता हिँडेको भने सोधे । सोमबहादुरले जिस्किँदै जवाफ दिए, ‘तेरो श्रीमतीलाई भेट्न जान लाको ।’ युवक रिसाउँदै ‘यस्तो उमेरमा पनि नचाहिने कुरा गर्ने’ भन्दै बाझ्न थाले । ‘नातिनी जस्तो मान्छेलाई यस्तो भन्ने हो’ भन्दै राजुले सम्झाउन खोजे । तर, उल्टै सोम बहादुरले राजुलाई २ थप्पड हाने । मनपरी बोल्ने अनि उल्टै हान्ने ? भनेर अरु केही नसोची रिसले चुर भएर सरासर घर गए ।
झोलामा खुर्पा हालेर गुरुङ भएतिर आए र केही नबोली छप्काएर हिँडे । त्यसपछि उनले अब प्रहरीकहाँ आत्मसमर्पण गर्ने सोच बनाए । झोला ल्याएर टाउको राखेर धादिङ बेशीतर्फ रातारात हिँडे । गाडीमा एक डेढ घण्टा लाग्ने बाटो उनी पैदल नै आएको प्रहरी बताउँछ । ‘मैले मान्छे मारेर आएँ भनेपछि झोला खोलेर हेर्दा टाउको भेटियो’, राईले सुनाए, ‘त्यसपछि प्रहरी टोली घटनास्थलतर्फ गएको थियो ।’
जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार अनुसन्धानका क्रममा खुर्पाले हानेर खलचेतकै ६५ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेर परियार प्रहरी कहाँ आत्मसमर्पण गर्न आएको खुलेको छ ।
प्रहरी अधिकारीहरुका अनुसार अपराधस्थलबाट सामान्य अवस्थामा जिल्ला प्रहरी कार्यालयसम्म आइपुग्न गाडीमा डेढ घन्टा लाग्छ । परियारलाई धादिङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा दिन ७ को म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको छ ।
सम्बन्धित खबर
सुस्तामा भारतीय एसएसबीको दादागिरी, नेपाली भूमि पसेर अस्थायी बाँध भत्कायो
कांग्रेस पूर्वसभापति देउवा दम्पति साउन २३ गते फर्किने
सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा