तनहुँको व्यासनगर क्षेत्रमा आजदेखि सार्वजनिक यातायात सञ्चालन गर्न नगरपालिकाको अनुमति

तनहुँको व्यासनगर क्षेत्रमा आजदेखि सार्वजनिक यातायात सञ्चालन गर्न नगरपालिकाको अनुमति

Sarwajani Yatayat Chalne

सांकेतिक तस्बिर ।

तनहुँ । तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ ।

हिजो शनिबार नगरप्रमुख बैकुण्ठ न्यौपानले एक विज्ञप्ति जारी गर्दै भदौ २१ गते आइतबार (आज)देखि नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गरिने जनाएका छन् ।

क्षमता अनुसार मात्र यात्रुहरुलाई राखी स्वास्थ्य मापदण्ड पालना गर्दै तोकिएको भाडादर लिई बिहान ७ देखि साँझ ६ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न खुला गरिएको नगरप्रमुख न्यौपानेले बताए ।

नेपाल सरकार गृहमन्त्रालय र छिमेकी पालिकाहरुले तोकेको विषयहरुमा सोही बमोजिम बन्दाबन्दी हुने गरी नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिने निर्णय व्यास नगरपालिकाले गरेको हो ।

व्यास नगरपालिकाले कोभिड-१९ को जोखिम समुदायस्तरसम्म नपुगोस् भनी सर्वपक्षीय सहमतिमा पहिलो पटक भदौ १ गतेदेखि ७ गतेसम्म र दोस्रोपटक भदौ ८ गतेदेखि १२ गतेसम्म व्यापार, व्यवसाय, यातायातका साधन र भेला सम्मेलन बन्द गर्ने निर्णय गरेको थियो ।

भदौ १३ गतेदेखि व्यापार व्यवसाय स्वास्थ्य मापदण्डलाई पालना गर्दै सञ्चालन गर्ने गरी बन्दाबन्दी खोलिएको र सार्वजनिक यातायातका साधन सञ्चालन भदौ २० गतेसम्म बन्द गर्ने निर्णय भएको थियो ।

व्यास नगरपालिकाले हालसम्म भारत लगायत अन्य मुलुकबाट आएका तथा अन्य नागरिकहरु गरी १ हजार ३८७ जनाको नमुना संकलन प्रश्चात गरेको कोरोना परीक्षणमा १ हजार २७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणमा संक्रमित मध्ये ३३ जना निको भएर घर फर्किएका छन भने १२ जना सक्रिय संक्रमित रहेकोमा ६४ जनाको रिपोट आउन बाँकी रहेको छ ।

यस्तै, नगरपालिकाको वडा नं. १ अम्रेनीकी ५० वर्षीया र व्यास-२ दमौलीकी २० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सार्वजनिक यातायातका साधन सञ्चालन भएपनि कोरोना भाइरसको अन्त्य नभएकाले थप र्सतर्कता अपनाउन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds