तनहुँका थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९९ पुग्यो

तनहुँका थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९९ पुग्यो

Corona update 4

तनहुँ । तनहुँका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको बन्दिपुर गाउँपालिकामा १ जना, भानु नगरपालिकामा २ जना, व्यास नगरपालिकामा १ जना र शुक्लागण्डकी नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

बन्दिपुर-५ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै भानु-१३ का ३७ वर्षीय पुरुष र २३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको हो ।

यस्तै व्यास-२ की ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै जिल्लाको शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर ८ को २४ वर्षीय पुरुष, वडा नम्बर ३ का ७६ वर्षीय पुरुष र वडा नम्बर ११ को ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको निर्देशनालयले जनाएको छ ।

सबै संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भईरहेको छ ।

तनहुँमा कोरोनाको अवस्था

तनहुँमा कोरोना संक्रमितको संख्या २९९ पुगेको छ्ब। त्यस्तै निको हुनेको संख्या २१० पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds