बाल यौन दुरुपयोग मुद्दामा फरार आँबुखैरेनीका श्रेष्ठ १ वर्ष पछी पक्राउ

बाल यौन दुरुपयोग मुद्दामा फरार आँबुखैरेनीका श्रेष्ठ १ वर्ष पछी पक्राउ

pakrau

File Photo.

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बाल यौन दुरुपयोग मुद्दामा फरार रहेका एक व्यक्तिलाई १ वर्ष पछी पक्राउ गरेको छ ।

तत्काल धरौटी दाखिला गरी थुनामुक्त भएका जिल्लाको आबुखैरेनी गाउँपालिका वडा नं ३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठ उपर तनहुँ जिल्ला अदालतको मिति २०७६ साउन २९ गतेको फैसला मध्ये २ महिना ५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका जयकृष्ण श्रेष्ठको खोजतलास गर्ने क्रममा भदौ २१ गते बिहान उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

कानूनी रितपुर्वक पक्राउ गरी तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागी कारागार कार्यालय तनहुँ पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

लागुऔषध मुद्दामा फरार व्यक्ती ३ वर्षपछी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाको आबुखैरेनी गाउँपालिका वडा नं १ बस्ने ३६ वर्षीय बिष्णु बहादुर सुनारी उपर तनहुँ जिल्ला अदालतको मिति २०७४ भदौ ८ गतेको फैसलाले २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना हुने गरी सजाय ठहर भएकोमा उक्त तोकिएको कैद मध्ये १४ दिन कैद र २ हजार जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका थिए ।

उनको खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरी टोलीले मिति भदौ २० गते बेलुकी उनको घरमा फेला पारी कानूनी रितपुर्वक पक्राउ गरेको हो ।

उनलाई तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागी कारागार कार्यालय तनहुँ पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds