डायलासीस गर्न पोखरा पुगेका तनहुँको व्यास नगरपालिकाका एक युवकमा कोरोना पुष्टि

डायलासीस गर्न पोखरा पुगेका तनहुँको व्यास नगरपालिकाका एक युवकमा कोरोना पुष्टि

Corona Trot Swap

तनहुँ । तनहुँमा थप १ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको व्यास नगरपालिका वडानम्बर ४ का २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा डायलासीसका लागि पुगेका युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित युवकलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भईरहेको निर्देशनालयले जनाएको छ ।

सोमबार बिहान मात्रै व्यास नगरपालिकामा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds