तनहुँ ऋषिङको देउलीखोलामा जिप दुर्घटना: चालकसहित दुईको मृत्यु, ६ जना घाइते

तनहुँ ऋषिङको देउलीखोलामा जिप दुर्घटना: चालकसहित दुईको मृत्यु, ६ जना घाइते

accident

तनहुँ । तनहुँ ऋषिङ गाउँपालिका-१ स्थित देउलीखोलामा जिप दुर्घटना भएको छ ।

दुर्घटनामा परी जिप चालकसहित दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

मृत्यु हुनेमा जिप चालक म्याग्दे गाउँपालिका-७ बस्ने ३२ वर्षीय होम बहादुर श्रेष्ठ र यात्रु व्यास नगरपालिका-५ का ५५ वर्षीय राजकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

ग १ ज ७१२८ नम्बरको जीप देउलीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्लाको व्यास-५ चापाघाटबाट कोरोनाबाट मृत्यु भएका आफन्तको घरमा भेटी लिएर जाने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिपमा चालकसहित ८ जना सवार थिए । जसमध्य दुईको मृत्यु भईसकेको छ ।

६ जना घाइते भएका मध्य ४ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै एक जना घाइतेको दमौली स्थित समाधान अस्पतालमा उपचार भईरहेकोे र एक जना उपचार पश्चात डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds