तनहुँको आबुँखैरेनी गाउँपालिकामा थपिए ३ जना कोरोना संक्रमित

तनहुँको आबुँखैरेनी गाउँपालिकामा थपिए ३ जना कोरोना संक्रमित

corona test nepal

तनहुँ । तनहुँमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको आबुँखैरेनी गाउँका वडा नम्बर ३ का १ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

आबुँखैरेनी-३ का ५६ वर्षीय पुरुष, ४२ र ४८ वर्षीया दुई महिलामा कोरोना पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

तीनै जना संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन ।

संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भईरहेकोे आबुँखैरेनी गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds