तनहुँको श्याम्घामा चट्याङ लागेर ३ जना घाइते, उपचारका लागि पोखरा रिफर

तनहुँको श्याम्घामा चट्याङ लागेर ३ जना घाइते, उपचारका लागि पोखरा रिफर

chatyang

सांकेतिक तस्बिर ।

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ६ तल्लो श्याम्घामा मंगलबार चट्याङ लागेर तीन जना घाइते भएका छन् ।

मंगलबार (आज) बिहान ९ बजे तिरको समयमा चट्याङ पर्दा तीन व्यक्ति घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले जानकारी दिए ।

चट्याङ लागेर घाइते हुनेमा स्थानीय मैयाँ विक, चन्द्रकला विक र ऋषिङ-१ की सुमित्रा विक रहेको व्यास-६ का वडासदस्य कृष्ण बिष्टले जानकारी दिए ।

चट्याङ लागेर घाइते भएका २ जनालाई दमौलीमा सामान्य उपचार पश्चात थप उपचारका पोखरा रिफर गरिएको र सुमित्रा विकको भने दमौलीमा नै उपचार भईरहेको प्रहरीले जनाएको छ ।

स्थानिय मान बहादुर बोहराको भैसी चट्याङ लागेर मरेको र अन्य स्थानीयको घरको बिजुलीको मिटरमा क्षति पुगेको वडासदस्य बिष्टले जानकारी दिए ।

स्थानीय चन्द्र बहादुर थापाको घर अगाडी पहिरो गएको र उनको कटेज भत्किएको वडासदस्य बिष्टले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds