देशभर थप ९०२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८ हजार नाघ्यो

देशभर थप ९०२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८ हजार नाघ्यो

corona

symbolic picture

मंगलबार देशभर ९०२ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ९०२ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४८ हजार १३८ पुगेको छ।

हालसम्म ३२ हजार ९६४ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार २ सय ८७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds