पछिल्लो २४ घण्टामा थपिए एक हजार ८१ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए एक हजार ८१ जना कोरोना संक्रमित

corona test nepal

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ। आज ११ हजार १६७ पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा ९१८ जना संक्रमित निको भएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ३३ हजार ८८२ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ