नेपालमा संक्रमितको संख्या ५० हजार नाघ्यो, पछिल्लो २४ घण्टामा १२ सय ४६ जना थपिए

नेपालमा संक्रमितको संख्या ५० हजार नाघ्यो, पछिल्लो २४ घण्टामा १२ सय ४६ जना थपिए

Corona update 3

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ सय ४६ जना कोरोना संक्रमित थपिएको जनाएको छ ।

बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ११ हजार १ सय ४४ पीसीआर परीक्षणमा १२ सय ४६ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १८ सय १८ रहेको छ भने हालसम्म ३५ हजार ७०० जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds