कोरोनाबाट थप पाँच जनाको मृत्यु, नेपालमा मृतकको संख्या ३१७ पुग्यो

कोरोनाबाट थप पाँच जनाको मृत्यु, नेपालमा मृतकको संख्या ३१७ पुग्यो

corona death

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप पाँच जनाको ज्यान गएको छ ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरमा थप एक महिला र चार पुरुष गरी ५ जनाको मृत्यु भएको जानकारी दिए ।

काठमाडौंमा मात्र ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुष, चितवनमा ६२ र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds