पोखरामा फेरि थपिए १७ महिलासहित २४ संक्रमित

पोखरामा फेरि थपिए १७ महिलासहित २४ संक्रमित

Pokhara Lakeside Phewa Fewa

पोखराका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार  दिउँसो पोखराका ८ वटा वडाका थप २४ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । यीमध्ये १७ जना महिला छन् ।  यसअघि, आजै पोखराका ५ वडाका १० जनामा कोरोना पुष्टि भएको थियो ।

पछिल्लो जानकारी अनुसार पोखरा महानगरका वडा नं. १३ का २९ वर्षीय पुरुष, वडा नं. १ का ३७ र १८  वर्षका २ पुरुष, वडा नं. १० का ५७ २६, ३७, ३८ वर्षीया ४ महिला, वडा नं. १२ का ५१, ४६, ४६, ३३, १०, ३४, २७ वर्षीया ७ महिला तथा १५ र ३५ वर्षका २ पुरुष, वडा नं. १८ का १७ वर्षीया महिला , वडा नं. २७  का ३७, १५ वर्षीया २ महिला तथा १६, १५ वर्षका २ पुरुष, वडा नं. २७ का उमेर नखुलेको एक पुरुष, वडा नं. २८ का २७ वर्षीया महिला र वडा नखुलेका २५ वर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds