नेपालमा थप १२०२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १२०२ जनामा कोरोना संक्रमण पुष्टि

Corona update 1

नेपालमा १२०२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२०२ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५३ हजार १२० रहेको छ । संक्रमित मध्ये ३७ हजार ५२४ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा ८५२ जना कोरोनामुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds