पोखरामा आज पुष्टि भएका संक्रमित ५० जना को कहाँका ?

पोखरामा आज पुष्टि भएका संक्रमित ५० जना को कहाँका ?

pokhara corona update

पोखरा –पोखरामा आज  सोमबार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य निर्देशनालयको पहिलो. तेस्रो र चौथो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका एकैदिन १५ वडाका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयको सोमबारको पहिलो अद्यावधिक विवरण अनुसार पोखराका ६ वडाका १७ जनासहित गण्डकी प्रदेशमा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा नम्बर ४ का ४५, ३७, २४, २९, २३ वर्षीय पुरुष, पोखरा वडा न.१७ का ३३, २७, २४ वर्षीय पुरुष, पोखरा वडा न.३३ का २३ वर्षीय पुरुष, पोखरा वडा न.१४ का २८, २५, ३७ वर्षीया महिला तथा २६, ४६, ६ वर्षीय पुरुष, पोखरा वडा न. ७ का ४४ वर्षीय पुरुष, पोखरा वडा न.८ का २१ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका- ४ र १७ का ७  जना कार्यरत  प्रहरी हुन् । पोखरा महानगरपालिका- ३३ का २३ बर्षीय पुरुष, १४ का ३६ बर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र ७ का ४४ बर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा बसेका थिए ।

महानगरपालिका- ८ का २१ बर्षीय महिला पोखरा महानगरपालिमा कार्यरत स्वास्थ्यकर्मी हुन ।

  • तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखराका ३ सहित गण्डकीमा थप ८ संक्रमित थपिए

सोमबार पोखराका थप ३ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य निर्देशनालयको तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप ३ जना नयाँ संक्रमित कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरा १० का २३ वर्षीय पुरुष, पोखरा- २७ का १२ वर्षका किशोर, पोखरा- ९ का ६० वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

  • चौथो अद्यावधिक विज्ञप्ति अनुसार  पोखरामा फेरि ३० जना संक्रमित थपिए

पछिल्लो चौथो विज्ञप्ति अनुसार पोखरामा थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ का ६ वर्षीय बालक सहित २ जना महिला, वडा नम्बर ५ का १ जना पुरुष, ६ का १ महिला, ७ का ३ पुरुष, वडा नम्बर ८ का २ महिला सहित १ पुरुषलाई कोरोना पुष्टि भएको छ ।

त्यस्तै, वडा नम्बर ९ का १ महिला, वडा नम्बर १० का २ महिला सहित १ पुरुष, १३ का ४ महिला सहित १ पुरुष, वडा नम्बर १४ का २ महिला सहित १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, १७ का १ जना पुरुष, वडा नम्बर २५ का ८ वर्षीय बालिका सहित १ पुरुष र वडा नम्बर २६ का ३ महिला सहित १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा हालसम्म ६४९ संक्रमित फेला परेको छ, जसमध्य २३६ जना निको भएर घर फर्किसकेको छन् भने सक्रीय् संक्रमित ४०३ रहेको छ । कास्कीमा अहिले सम्म १० कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ