पछिल्लो २४ घण्टामा १,४५९ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा १,४५९ जना कोरोना संक्रमित थपिए

corona covidd

काठमाडौं । मंगलबार देशभर १४५९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप १४५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ । पछिल्लो २४ घण्टामा १०, ३७५ जनाको पीसीआर परीक्षणको क्रममा १४५९ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या १०६२ छ ।

थप ११ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds