पाेखरामा ड्युटीमा खटिँदा अचानक बिरामी परेका प्रहरी हवल्दार थापाकाे निधन

पाेखरामा ड्युटीमा खटिँदा अचानक बिरामी परेका प्रहरी हवल्दार थापाकाे निधन

sok salami

पाेखरा । वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत प्रहरी हवल्दार चेत बहादुर थापाकाे उपचारकाे क्रममा निधन भएकाे छ ।

गत भदाै २८ गते डिउटीमा खटिरहेको बेला अकस्मात बिरामी भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा उपचारको क्रममा बुधबार मृत्यु भएको हाे ।

नेपाल प्रहरी जस्तो गरिमामय संगठनलाई थापाले दिएको योगदान प्रहरी संगठनले कहिल्यै नभुल्ने र नेपाल प्रहरी संगठन सदैव उनलाई याद गरिरहने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । वडा प्रहरी कार्यालयका प्रमुख डिएसपी यादव ढकाल, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमाल लगायतले उनको पार्थिव शरिरमा नेपाल प्रहरी संगठनको झन्डा अ‍ाेढाएर श्रद्धाञ्जली अर्पण गरे । सोहि अवसरमा प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ