गण्डकीमा आज कोभिड अपडेटः पाेखरामा १३ सहित ६६ थपिए, संक्रमित ३४०२ पुगे

गण्डकीमा आज कोभिड अपडेटः पाेखरामा १३ सहित ६६ थपिए, संक्रमित ३४०२ पुगे

Gandaki covid corona 5

गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ४ सय २ पुगेको छ । आज शनिबार स्वास्थ्य निर्देशनालय गण्डकीले दुई विज्ञप्तीमार्फत् गण्डकीमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । पोखरामा १३ जना थपिएका छन् ।

दोस्रो विज्ञप्ती अनुसार पोखरा महानगरका १३ जना सहित गण्डकी प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएको जनाएको छ । निर्देशनालयले पोखरा महानगरका ७ वटा वडाका १० पुरुष तथा ३ महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

त्यसै गरी निर्देशनालयले स्याङजा ५ की ५२ वर्षीया महिला, तनहुँ ब्यास ६ का ३३, ३९ र ६० वर्षीय पुरुष एवं नवलपुर देबचुलीका ७ वर्षीय बालकदेखि ६२ वर्ष उमेर समुहका १६ पुरुष तथा ५ वर्षीया बालिका देखि ८० वर्ष उमेर समूहका १८ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

पहिलो विज्ञप्ती अनुसार गण्डकी प्रदेशमा १५ जना कोरोना संक्रमित थपिएको जनाएको थियो । निर्देशनालयले बिहान पर्वत, स्याङजा , लमजुङ र नवलपुरका १० पुरुष तथा ५ महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेमा पर्वतको कुश्मामा नेपाल आर्मीमा कार्यरत ३५ वर्षीय पुरुष तथा कुश्मा १ की ५७ वर्षीया महिला ,स्याङजा फेदीखोलाका २१ वर्षीय पुरुष, लमजुङ मध्येनेपाल ६ का ४२ वर्षीय पुरुष एवं नवलपुर वुलिङटार र हुप्सेकोटका २४ वर्ष देखि ५८ वर्ष उमेर समुहका ७ पुरुष तथा एक ३७ वर्षीया स्वास्थ्य स्वयंसेविका सहित ३३ देखि ५६ वर्ष उमेर समुहका ४ महिला रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ