गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ४ सय २ पुगेको छ । आज शनिबार स्वास्थ्य निर्देशनालय गण्डकीले दुई विज्ञप्तीमार्फत् गण्डकीमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । पोखरामा १३ जना थपिएका छन् ।
दोस्रो विज्ञप्ती अनुसार पोखरा महानगरका १३ जना सहित गण्डकी प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएको जनाएको छ । निर्देशनालयले पोखरा महानगरका ७ वटा वडाका १० पुरुष तथा ३ महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
त्यसै गरी निर्देशनालयले स्याङजा ५ की ५२ वर्षीया महिला, तनहुँ ब्यास ६ का ३३, ३९ र ६० वर्षीय पुरुष एवं नवलपुर देबचुलीका ७ वर्षीय बालकदेखि ६२ वर्ष उमेर समुहका १६ पुरुष तथा ५ वर्षीया बालिका देखि ८० वर्ष उमेर समूहका १८ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
पहिलो विज्ञप्ती अनुसार गण्डकी प्रदेशमा १५ जना कोरोना संक्रमित थपिएको जनाएको थियो । निर्देशनालयले बिहान पर्वत, स्याङजा , लमजुङ र नवलपुरका १० पुरुष तथा ५ महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेमा पर्वतको कुश्मामा नेपाल आर्मीमा कार्यरत ३५ वर्षीय पुरुष तथा कुश्मा १ की ५७ वर्षीया महिला ,स्याङजा फेदीखोलाका २१ वर्षीय पुरुष, लमजुङ मध्येनेपाल ६ का ४२ वर्षीय पुरुष एवं नवलपुर वुलिङटार र हुप्सेकोटका २४ वर्ष देखि ५८ वर्ष उमेर समुहका ७ पुरुष तथा एक ३७ वर्षीया स्वास्थ्य स्वयंसेविका सहित ३३ देखि ५६ वर्ष उमेर समुहका ४ महिला रहेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन