हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल आजबाट ३७ बर्षमा प्रवेश गरेका छन् । वि।सं २०४० साल असोज ४ गते जन्मिएका यी कलाकारले जिन्दगीमा संघर्ष गर्दै यो स्थानमा आइपुगेका छन् ।
चितवनमा धुर्मुस–सुन्तली फाउन्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेश रंगशाला’ निर्माणमै व्यस्त रहेका यी कलाकारले जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् । उनले भने–‘मलाई शुभकामना दिने सबैको आर्शिवाद मलाई लागेको छ । यसैले, म आफ्नो अभियानमा निरन्तर अगाडि बढिरहेको छु ।’
सितारामले आफ्नो सपना भनेको हरेक नेपालीलाई खुशी बनाउनु रहेको सुनाए । भने–‘जनस्तरबाटै निर्माण भैरहेको क्रिकेट रंगशाला निर्माण गरेर सबै नेपालीलाई खुशी बनाउने एउटा सपना छ । यो सपना पुरा हुने दिनको प्रतिक्षामा हामीले मिहिनेत गरिरहेका छौ ।’
हाँस्य सिरियल ‘मेरी बास्सै’मा काम गरेपछि सितारामको चर्चा चुलिएको हो । विशेषगरि, दर्शकले उनलाई ‘धुर्मुस’ नामले चिन्न थालेका थिए । यसपछि, उनले केही चलचित्रमा काम गरेपनि उनको नाम सामाजिक अभियन्ताको रुपमा स्थापित भएको छ । एकिकृत नमुना बस्ती निर्माणदेखि समस्यामा परेकाहरुलाई सहयोग गर्नमा सिताराम सधै अग्रसर छन् ।
नेपाली हाँस्य क्षेत्रका एक चर्चित कलाकार तथा सामाजिक अभियन्ता सितारामलाई जन्मदिनको धेरै धेरै शुभकामना ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष