पछिल्लो २४ घण्टामा थप ११७४ जनामा कोरोना पुष्टि, सात जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ११७४ जनामा कोरोना पुष्टि, सात जनाको मृत्यु

covid-pkr death

तस्विर सौजन्य: राधिका कँडेल (पत्रकार, पोखरा)

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार १७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

नेपालमा आज सक्रिय संक्रमितको संख्या १७ हजार ४सय १४ रहेको प्रवक्ता गौतमले जानकारी दिए । त्यस्तै संस्थागत आइसोलेसनमा ८ हजार २१४ रहेका छन्। गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या १८ सय ९३ रहेको छ।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ