हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १९२ स्थानहरुमा अति भारी वर्षा भैरहेको छ ।
काठमाडौं उपत्यकामा चार दिनदेखि लगातार वर्षा भइरहेको छ । मध्यरात यतामात्रै ३५ मिलिमिटर वर्षा काठमाडौं उपत्यकामा भएको छ । आगामी १२ घण्टासम्म निरन्तर बादल लागी वर्षा हुने मौसमविद् डा समीरमणि दीक्षितले बताएका छन् ।
त्यस्तै नेपाल बाढी सूचनाले बुटवलको तिनाउनदीमा बाढी आई जलसतहले खतरातह पार गरेको तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने जनाउँदै होचा स्थानमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै नारायणीनदीमा बाढी आई देबघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको, खतरा तह आसपास पुग्न सक्ने भएकोले चितवन र नवलपरासीको तटिय क्षेत्रमा हुनेहरूले दिनभरिनै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
वर्षाका कारण पहिरो जाँदा मुख्यमुख्य राजमार्गहरु अवरुद्ध हुन पुगेका छन् । त्यसैगरी साना सडकखण्डहरु पनि पहिरोका कारण अवरुद्ध भएका छन् ।
सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १९२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
वर्षा शनिबारैसम्म हुने महाशााखाले जनाएको छ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष