हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १९२ स्थानहरुमा अति भारी वर्षा भैरहेको छ ।
काठमाडौं उपत्यकामा चार दिनदेखि लगातार वर्षा भइरहेको छ । मध्यरात यतामात्रै ३५ मिलिमिटर वर्षा काठमाडौं उपत्यकामा भएको छ । आगामी १२ घण्टासम्म निरन्तर बादल लागी वर्षा हुने मौसमविद् डा समीरमणि दीक्षितले बताएका छन् ।
त्यस्तै नेपाल बाढी सूचनाले बुटवलको तिनाउनदीमा बाढी आई जलसतहले खतरातह पार गरेको तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने जनाउँदै होचा स्थानमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै नारायणीनदीमा बाढी आई देबघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको, खतरा तह आसपास पुग्न सक्ने भएकोले चितवन र नवलपरासीको तटिय क्षेत्रमा हुनेहरूले दिनभरिनै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
वर्षाका कारण पहिरो जाँदा मुख्यमुख्य राजमार्गहरु अवरुद्ध हुन पुगेका छन् । त्यसैगरी साना सडकखण्डहरु पनि पहिरोका कारण अवरुद्ध भएका छन् ।
सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १९२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
वर्षा शनिबारैसम्म हुने महाशााखाले जनाएको छ ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ