बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको विभत्स हत्या भएको छ। बृद्ध हजुरबुवा र हजुरआमाको संरक्षणमा रहेकी बालिकाको बुधबार राति विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव घरभन्दा दुई किलोमिटर टाढा स्थानीय एक मन्दिरमा फेला परेको थियो ।
प्रहरीले बालिकाको हत्या गरेको आशंकामा स्थानीय एक जनालाई पक्राउ गरेको छ। सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरिएको हो ।
मष्टा गाउँपालिका वडा नंम्बर २ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामी बुधबार पशु चौपाया बाँध्न सिमछानामा गएकी र राती अबेर सम्म घर नआएपछि खोजी गर्दै जाँदा सोही राती गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिम मन्दिरमा उनको शव फेला परेको थियो ।
बालिकाको शरीर भरी निलडाम र नग्न अवस्थामा शव भेटिएको मष्टा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शेरबहादुर खड्काले बताए । उनका अनुसार बालिकाले कानमा लगाएका सुनका गहना समेत लुटिएको छ। सम्झनाको कानमा पाँच आनाका सुनका मुन्द्री थिए। शव भेटिँदा ती मुन्द्री कानमा थिएनन्।
बालिकाको शव फेला परे लगत्तै राती नै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुन सक्ने बताए । उनले भने, ‘म मंगलबार राती नै घटनास्थल पुगेर हेर्दा बलात्कारपछि हत्या नै देखिन्छ ।’
प्रहरीका अनुसार गाई-गोरु थन्क्याउन जाने बाटोमा राजेन्द्रले सम्झनालाई कहिलेकाहीँ पछ्याउँदा रहेछन्। राजेन्द्र र सम्झनाको घर दस मिनेट टाढा हो।
बेला(बेलामा राजेन्द्रले सम्झनासँग कानका मुन्द्री मागिरहेको कुरा सम्झनाले हजुरबुवा गोरखलाई भन्ने गरेकी थिइन्। ‘केही हुँदैन, गाउँकै मान्छे हो, हामी छौं नि किन डराउँछौ भनेर हजुरबुवाले ढाडस दिने गरेका रहेछन्,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले भने।
एक साताअघि सम्झनाले हजुरबुवासँग राजेन्द्रले पछ्याउने गरेको भन्दै त्यो घटनाले आफू भयभीत भइरहेको संकेत दिएकी थिइन्। तर, परिवारले सामान्य ठान्दा अप्रिय घटना हुन पुग्यो। शंकाको एकै व्यक्ति उनै राजेन्द्र छन्। खड्काका अनुसार त्यसदिन राजेन्द्र सम्झनालाई पछ्याउँदै गएको हुनसक्ने शंका गरिएको छ। र, उनले जंगल पुगेपछि सम्झनालाई मन्दिर पु¥याएर बलात्कारपछि हत्या गरी मुन्द्री लगेको आशंका छ। तर, राजेन्द्रलाई पक्रँदा मुन्द्री फेला परेनन्। घटनामा राजेन्द्रबाहेक अन्य व्यक्ति थिएनन् भन्ने प्रहरीको बुझाइ छ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ