बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको विभत्स हत्या भएको छ। बृद्ध हजुरबुवा र हजुरआमाको संरक्षणमा रहेकी बालिकाको बुधबार राति विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव घरभन्दा दुई किलोमिटर टाढा स्थानीय एक मन्दिरमा फेला परेको थियो ।
प्रहरीले बालिकाको हत्या गरेको आशंकामा स्थानीय एक जनालाई पक्राउ गरेको छ। सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरिएको हो ।
मष्टा गाउँपालिका वडा नंम्बर २ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामी बुधबार पशु चौपाया बाँध्न सिमछानामा गएकी र राती अबेर सम्म घर नआएपछि खोजी गर्दै जाँदा सोही राती गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिम मन्दिरमा उनको शव फेला परेको थियो ।
बालिकाको शरीर भरी निलडाम र नग्न अवस्थामा शव भेटिएको मष्टा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शेरबहादुर खड्काले बताए । उनका अनुसार बालिकाले कानमा लगाएका सुनका गहना समेत लुटिएको छ। सम्झनाको कानमा पाँच आनाका सुनका मुन्द्री थिए। शव भेटिँदा ती मुन्द्री कानमा थिएनन्।
बालिकाको शव फेला परे लगत्तै राती नै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुन सक्ने बताए । उनले भने, ‘म मंगलबार राती नै घटनास्थल पुगेर हेर्दा बलात्कारपछि हत्या नै देखिन्छ ।’
प्रहरीका अनुसार गाई-गोरु थन्क्याउन जाने बाटोमा राजेन्द्रले सम्झनालाई कहिलेकाहीँ पछ्याउँदा रहेछन्। राजेन्द्र र सम्झनाको घर दस मिनेट टाढा हो।
बेला(बेलामा राजेन्द्रले सम्झनासँग कानका मुन्द्री मागिरहेको कुरा सम्झनाले हजुरबुवा गोरखलाई भन्ने गरेकी थिइन्। ‘केही हुँदैन, गाउँकै मान्छे हो, हामी छौं नि किन डराउँछौ भनेर हजुरबुवाले ढाडस दिने गरेका रहेछन्,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले भने।
एक साताअघि सम्झनाले हजुरबुवासँग राजेन्द्रले पछ्याउने गरेको भन्दै त्यो घटनाले आफू भयभीत भइरहेको संकेत दिएकी थिइन्। तर, परिवारले सामान्य ठान्दा अप्रिय घटना हुन पुग्यो। शंकाको एकै व्यक्ति उनै राजेन्द्र छन्। खड्काका अनुसार त्यसदिन राजेन्द्र सम्झनालाई पछ्याउँदै गएको हुनसक्ने शंका गरिएको छ। र, उनले जंगल पुगेपछि सम्झनालाई मन्दिर पु¥याएर बलात्कारपछि हत्या गरी मुन्द्री लगेको आशंका छ। तर, राजेन्द्रलाई पक्रँदा मुन्द्री फेला परेनन्। घटनामा राजेन्द्रबाहेक अन्य व्यक्ति थिएनन् भन्ने प्रहरीको बुझाइ छ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु