पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

corona died

सांकेतिक तस्विर

आज थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै, संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

हाल देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाबाट थप ४ को मृत्यु : मृतकको संख्या ४८१ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

सुनसरीमा ३८ वर्षीया महिला, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ वर्षीय पुरुष र गुल्मीमा ३४ वर्षीय पुरुष गरी जम्मा ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds