नेपालमा पछिल्लो २४ घण्टामा थपिए १५५९ कोरोना संक्रमित, ७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १५५९ कोरोना संक्रमित, ७ जनाको मृत्यु

corona death

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ ।बुधबारसम्म ५ हजार ४२८ जना क्‍वारेन्टाइनमा रहेका छन् भने २० हजार ८९१ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार २०५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १० लाख २१ हजार ५०३ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

७ जनाको मृत्यु

थप ७ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९८ पुगेको मन्त्रालयले जनाएको छ ।

नोभेल कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो ।मंगलबार कोरोना संक्रमणबाट १० जना र सोमबार देशभर कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको थियो ।

आइतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ