काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजको आक्रामक विस्तारको योजना बनाएको बाजेको सेकुवामा सेफ कुमार चालिसे आवद्ध भएका छन् । खानाहरुलाई थप गुणस्तरीय बनाउन र विभिन्न स्वादका नेपाली परिकारको विकास गर्ने उद्धेश्य सहित सेफ चालिसेलाई आवद्ध गराएको बाजेको सेकुवाका सन्चालक चेतन भन्डारीले बताए ।
‘कर्पोरेट सेफ’का रुपमा विगत २२ वर्ष देखी खाना तथा आतिथ्य क्षेत्रमा संलग्न चालिसे असोज १५ गतेदेखी बाजेको सेकुवामा आवद्ध भएका हुन्। उनले विगतमा पनि बाजेको सेकुवासँग परामर्शदाताका रुपमा आवद्ध भइ झानेको सेकुवा सेट, झोल मम, मटन पक्कु लगायतका खानाको विकासमा मद्धत गरेका थिए ।
सेफ चालिसेले ‘प्रथम नेपाली कस्मोपोलिटियन सेफ’, २०१३ मा मकाउमा ‘उत्कृष्ट प्रदर्शन अवार्ड’ र २०१७ मा नेपालमै ‘उत्कृष्ट सेफ अवार्ड’ बाट सम्मानित भएका थिए। सेफ चालिसेले आगामी फ्राञ्चाइजहरुमा ट्रेनिङ, किचेन सेटअप, नयाँ खाना विकास लगायतका कार्यहरुमा नेतृत्व गर्ने भन्डारीले बताए । ‘यसले फ्राञ्चाइजहरुमा गुणस्तरीय खाना तथा स्वच्छतामा एकरुपता आउने छ,’ उनले भने ।
बाजेको सेकुवाको उत्तर अमेरीकी महादेशमा (न्यू योर्क र डालास) रहेको फ्राञ्चाइजमा कर्पोरेट सेफका रुपमा सुरेन्द्र रायमाझी आबद्ध छन् । आगामी दिनमा दुवै सेफहरुको सहकार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजहरु विस्तार हुने कम्पनीले जनाएको छ ।
त्यस्तै बाजेको सेकुवाले कोभिड १९ लाई मध्यनजर गरी ‘बाजेको फ्रेस’ योजना ल्याएको छ । बाजेको सेकुवाले स्वच्छ खसीे, कुखुरा, लोकल कुखुरा, हाँस, बँदेल, माछाका विभिन्न परीकारहरु ग्राहकहरुको घरमै पुर्याउने उद्धेश्यले यो योजना ल्याएको हो । त्यस्तै २४ सै घण्टा ग्राहकलाई सेवा दिने योजना सहित ‘क्लाउड किचेन’ सञ्चालनमा ल्याउन लागेको छ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष